logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बजारमा महँगो भएपछि उपभोक्तालाई खाद्य कम्पनीले दियो चिनीमा अनुदान


  • जन आकाश
  • सोमबार, फाल्गुन १९ २०८१

काठमाडौं । जिल्ला सदरमुकाम खलंगामा महँगीबाट उपभोक्तालाई राहत दिलाउन खाद्य, व्यवस्था तथा कम्पनी लिमिटेड जुम्ला शाखाले चिनीमा अनुदान दिन थालेको छ ।



बजारमा पाइने मूल्यभन्दा प्रतिकिलोमा १० रुपैयाँ कममा कम्पनीले चिनि बिक्री गर्न थालेको हो ।

अहिले चिनीको बजार मूल्य ११० रुपैयाँ प्रतिकिलो छ । एक किलोमै १० रुपैयाँ सस्तो पाएपछि उपभोक्ताहरु चिनी लिनका लागि कम्पनीमा भीड लाग्न थालेको कम्पनीका प्रमुख मनोज जोशीले बताए ।

अनुदानमा चामल बेच्दै आएको कम्पनीले अहिले उपभोक्ताको माग अनुसार चिनी पनि बेच्न थालेको उनको भनाए छ ।

सार्वजनिक बिदाबाहेक हरेक दिन कम्पनीले चिनी बेचिरहेको छ । एकपटकमा कम्पनीले एक जना उपभोक्ताका लागि पाँच किलो चिनी उपलब्ध गराउँछ ।

सदरमुकाम क्षेत्रका नागरिकले चिनीमा अनुदान पाए पनि यता दुर्गम क्षेत्रका नागरिकका लागि भने महँगो नै परिरहेको छ ।

सोही कारण कम्पनीले स्थानीय पालिकामा चिनी पुर्‍याएर दुर्गम क्षेत्रमा पनि यो सुविधा दिन माग गरेका छन् ।

यसअघि खाद्य व्यवस्था कार्यालयले गाउँ–गाउँमा डिपो खोलेर अनुदानको चामल बेचेको थियो ।

ठीक त्यसैगरी चिनी पनि गाउँसम्म पुर्‍याउन स्थानीयको माग छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend