logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते


  • जन आकाश
  • बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।



गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा पर्वत बिहादी गाउँपालिका(३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका(५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको

मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।

घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको उनले बताए । उक्त जीपमा सवार एकजना बालकको अवस्था भने सामान्य छ । ‘२ जनाको

घटनास्थलमै मृत्यु भएको हो । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ’, डिएसपी विष्टले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend