logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

तेस्रो दिन पनि घट्यो नेप्से, १० अर्ब ९७ करोड बराबरको कारोबार


  • जन आकाश
  • बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । सेयर बजार परिसूचक .नेप्से. आज पनि घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से आज पनि २५।१६ अंकले घटेको हो ।



योसँगै बजार परिसूचक २८२१.१३ विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबारभन्दा अगाडि नेप्से १० दिनसम्म लगातार बढेको थियो । पछिल्लो पटक गत बुधवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि उच्च दरमा

बढेको नेप्सेले यो अवधिमा २१२ अंकले बढेको थियो । यो वृद्धिले लामो समयदेखि साइडवेजमा चलेको बजारमा बुलिस ट्रेन्डको संकेत देखिएको

थियो । तर, पछिल्लो तीन दिनमा बजार ६८ अंकले करेक्सन भएसँगै बजार साइडबेजको अवस्थाबाट उठ्न नसकेको देखिएको छ ।

आज बजारमा ६२ कम्पनीको मूल्य बढेको छ । १७४ कम्पनीको मूल्य घटेको छ भने बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज समाज

लघुवित्त र गार्डियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरैले घटेको छ ।

बजारमा आज ट्रेडिङ बाहेक सबै उपसमूह घटेको छ । घटेका उपसमूहको गिरावट २ प्रतिशत भन्दा कम नै देखिन्छ । कारोबार रकमका आधारमा

पनि हिमालयन रि(इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अगाडि छन् । आज पनि दुवै कम्पनीको कारोबार रकम ९० करोड भन्दा माथि रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend