logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

परिस्थिति ठीक गर्न योजनाबद्ध ढंगले लाग्छौं : प्रधानमन्त्री ओली


  • जन आकाश
  • आइतबार, चैत्र ३ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताएका छन् ।



आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले योजनाहित सक्रियता र धैर्यपूर्वक अघि बढिरहेको दाबी गरेका हुन् ।

‘हामी योजनाहिन होइन योजनाबद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन आशावादीताकासाथ अघि बढ्छौं’, उनले अघि भने, ‘जबसम्म परिस्थिति ठीक हुँदैन तबसम्म हामी योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ ।’

उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे ।

सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको उनको दाबी छ । उनले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend