जन आकाश
काठमाडौं । सिराहाको जिल्लाको औराहि गाउँपालिकामा महायज्ञको कार्यक्रमको लागि एक दलित बस्तीमा डोजर चलाएर दलित बस्ती नै खाली गर्ने लगाईको छ ।
उक्त कार्यक्रमको लागि गाउपालिलका अध्यक्ष शिबजी यादवको ले नै खाली गर्ने आदेश दिएको उक्त पिडित परिवारले जानकारी दिइएका हुन् । पडित परिवारको अहिले बिचल्ली रहेको छ ।
जिल्ला सि.डियो र जिल्ला अधिकारीले हामीलाई कुनै जानकारी बिना बस्तीमा डोजर चलाएको बताएका हुन् गा.पा.अध्यक्षले आफै ले हटाउन लगाएका हुन् ।
अहिले यो पडित परिवारको न्यायको लागि बिभिन्न सामाजिक अभियान्ताहरुले बिरोध प्रर्दशन गरेका छन् । दलितका लागि दलित अभियानका संयोजक खकेन्द्र सुनारले
गाउँपालिका अध्यक्षको पद नै निलम्वन गर्ने माग गरेका छन् । गाउँपालिका अध्यक्ष ले दलित डोम भनेर बोलेका शब्दहरु फिर्ता लिनुपर्छ । भन्ने खकेन्द्र सुनारले बेजोड माग गरेका छन् ।
उनले आज माईतीघर मण्डलामा बिरोध प्रदर्शनमा दलितलाई न्याय दे पिडितको बसोबासको ठेगाना लगाा जातिय बिभेद अन्त्य गर, नारा सहित प्रर्दशन गरेका छन् ।

दलितलाई दमनमा कहिले सम्म राख्ने दलितले के अब यो देशमा बस्नै नपाउने हो ? उनले भने सिराहा जिल्ला औरही गा.पा.–५ का दिपक मल्लिक (डोम) को परिवारलाई उठिबास लगाएपछि बिरोध प्रर्दशन कार्यक्रम गरेका हुन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend