logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


  • जन आकाश
  • बिहिबार, चैत्र २१ २०८१

बागलुङ । बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।



प्रहरीका अनुसार गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको जिप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनका अनुसार जिपमा चारजना सवार थिए । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । चैतेदसैँ मेलाका लागि कोटमैदान जाँदै गर्दा जिप दुर्घटनामा परेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend