logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आज तेस्रो दिन शिक्षकहरूको आन्दोलन जारी सडकमा हजारौं शिक्षकहरूको भिड


  • जन आकाश
  • शुक्रबार, चैत्र २२ २०८१

काठमाडौँ –  शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा शिक्षक कर्मचारीहरूको आन्दोलन आज तेस्रो दिनमा प्रवेश गरेको छ । बुधबारदेखि सुरु भएको यो  आन्दोलनमा देशभरका लाखौं शिक्षक कर्मचारीहरू सहभागी भएका छन् ।



आन्दोलन सान्तिपूर्ण तरिकाले जारी राखिएको छ र विभिन्न जिल्लाबाट आएका शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएकाछन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० लाई अविलम्ब ऐनको रुप दिनुपर्ने माग आन्दोलनकर्ताको छ । संसद्को हिउँदे अधिवेशनबाट विधेयक पारित हुने अपेक्षा राखिए पनि गएको मंगलबार नै यो अधिवेशन अन्त्य भएको थियो ।

काठमाडौँको बिजुली बजारमा सुरु भएको आन्दोलनमा शिक्षकहरूको ठूलो भिड देखिन्थ्यो । हजारौं शिक्षक सडकमा उत्रेर आफ्ना माग राख्दै थिए । आन्दोलनकर्ताहरू सान्तिपूर्ण तरिकाले विरोध जनाउँदै विभिन्न                   बाजागाजाका साथ नाचगान गर्दै प्रदर्शन गरेका थिए । त्यस्तै, आन्दोलनमा सहभागी शिक्षकहरूको लागि विभिन्न संस्थाहरूले निशुल्क पानीको व्यवस्था गरेको देख्न सकिन्थ्यो ।

शिक्षक कर्मचारीहरूको यो आन्दोलनले शिक्षा सुधार र शिक्षकहरूको हकहितको पक्षमा थप दबाब सिर्जना गरेको छ । आन्दोलनको तेस्रो दिनसम्म पनि शिक्षकहरुले आफ्नो आवाज उठाइरहेका छन् र सरकारको ध्यान आकर्षित गर्ने प्रयास जारी राखेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend