logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सहकारी र लघुवित्त पीडितहरूद्वारा राष्ट्रपति भवननजिक धर्ना


  • जन आकाश
  • सोमबार, चैत्र २५ २०८१

काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् । उनीहरू आज रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् ।



राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजेपनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलहम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।

सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend