logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कालो मास्क लगाएर शिक्षक प्रदर्शनमा


  • जन आकाश
  • सोमबार, चैत्र २५ २०८१

काठमाडौं। शिक्षकहरूले विद्यालय शिक्षा ऐन माग जारी गर्न  सोमबार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् ।



२० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसअघि शिक्षकहरू कहिले सडकमै सुतेर प्रदर्शन त कहिले सिटी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend