logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बल्खुमा राप्रपाको खबरदारी सभा


  • जन आकाश
  • मंगलबार, चैत्र २६ २०८१

काठमाडौँ । ‘जय राष्ट्रवाद’को नारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खबरदारी सभा सुरु भएको छ ।



काठमाडौँको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु भएको हो ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् ।

पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् । सभालाई सहभागी शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । नेताहरूले सम्बोधन गर्नुअघि कार्यक्रमस्थलमा विभिन्न बाजासहित पञ्चे बाजा समेत बजाइएको छ ।

गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई मध्यनजर गर्दै प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend