logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दिउँसै टर्च बालेर शिक्षकहरु प्रदर्शनमा


  • जन आकाश
  • मंगलबार, चैत्र २६ २०८१

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका छन् ।



सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।

मंगलबार माइतीघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् ।

लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।

महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend