logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

भृकुटीमण्डपमा यामाहा ब्लु फेस्टको भव्य उद्घाटन


  • जन आकाश
  • शुक्रबार, चैत्र २९ २०८१

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ।



सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक  विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गर्नुभयो। कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend