logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न


  • जन आकाश
  • आइतबार, बैशाख ७ २०८२

काठमाडौं – नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।



संगठनको स्थापना दिवसको अवसरमा सडक विभाग परिसरमा नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।

ओम समाज डेन्टल हस्पिटलको सहकार्य रहेको उक्त एक दिने निःशुल्क दन्त शिविरमा लगभग १ सय २० जनाले दन्त स्वास्थ्य जाँच गराएका थिए ।

उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका दन्त विशेषज्ञका साथै प्राबिधिक टोलीको सहभागी रहेको थियो ।

दन्त शिविर कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष इ. प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend