logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचित


  • जन आकाश
  • सोमबार, बैशाख ८ २०८२

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्षका लागि डिष्ट्रिक्ट गभर्नरमा लायन मिलन बाबु मल्ल मतसहित निर्वाचित भएका छन् ।



राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न तेस्रो कन्भेन्सनबाट इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पिडिजी लायन ध्रुब बहादुर थापा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापती बाँस्तोला र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली निर्वाचित भए ।

पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यता, महानायक राजेश हमाल, इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौला र एलसिआईएफ एरिया लिडर लायन राजन लम्साल र मल्टिपल काउन्सिल चियरपर्सन लायन रमेश कुमार लामाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले आफ्नो कार्यकालका लागि डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा लायन पुरुषोत्तम बस्नेत, क्याबिनेट ट्रेजररमा लायन देवी गुरुङ र चिफ एडभाईजरमा लायन कृष्ण प्रसाद शर्मालाई मनोनित गरे ।

साथै उनले आगामी वर्षका लागि आफ्नो थिम æRespect Each Other एक अर्कालाई सम्मान गरौं” र आफ्ना मुख्य कार्यक्रमहरुको बारेमा समेत जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधान न्यायाधिश कल्याण श्रेष्ठले नेपालमा लायन्स क्लबले गरेका सामाजिक कार्यको चर्चा गरे । त्यस्तै विशेष अतिथि तथा मुख्य बक्ताको रुपमा उपस्थित महानायक राजेश हमालले सबैले यो धर्तीमा हामी किन छौं भन्ने कुरा मनन गरे मानव जीवनको कल्याण हुने बताए ।

उनले आफू सक्षम बनेर कमसेकम अर्को एक जना व्यक्तिको मुहारमा खुशी ल्याउन सबैलाई आग्रह गरे ।

हालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लगायत पुरै टिमलाई बधाई दिँदै डिष्ट्रिक्ट ३२५ जे लाई सधैं सफल डिष्ट्रिक्टको रुपमा चिनाउँदै सामाजिक कार्यहरु गर्न आग्रह गरिन् ।

कार्यक्रममा उनले डिष्ट्रिक्टमा राम्रा कार्य गर्ने लायन्स लिडरहरुलाई प्रशंसा पत्र तथा मेडलबाट सम्मान गरिन् ।

कन्भेन्सनका अवसरमा लायन्स लिडर लायन बोध बहादुर राउतक्षेत्री र सगरमाथा आरोहण गर्ने लायन्स लिडर विष्णु प्रसाद भुसाललाई सम्मान गरिएको थियो ।

डिष्ट्रिक्ट ३२५ जे नेपालका करिब ७०० भन्दा बढी लायन्स लिडरहरुको उपस्थिती रहेको कार्यक्रम लायन्स क्लब अफ काठमाडौं बनस्थलीले होस्ट गरेको कन्भेनर तथा डिष्ट्रिक्टका पिआरओ इन चिफ लायन रामराजा थापाले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend