logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

“नरसिंहा अवतार” को नयाँ पोस्टर सार्वजनिक


  • जन आकाश
  • मंगलबार, बैशाख ९ २०८२

काठमाडौं । दिवाकर भट्टराई लिखित तथा निर्देशित फिल्म “नरसिंहा: अवतार” को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरूलाई स्थान दिइएको छ।



यो फिल्मको अच्छा लेकिन लण्डनको चिसोले समाउला गीत सार्वजनिक भइसकेको छ। यो गीत सामाजिक सञ्जालमा सुपरहिट भइरहेको छ। युट्युबमा पनि यो गीतलाई दर्शकले निकै रूचाएका छन्।

यसैबीच निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जनलगायत कलाकारहरूलाई स्थान दिइएको छ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ।

क्रियटिभ सिने आर्टसका लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend