जन आकाश
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ ।
जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका थप १३ जनालाई हाजिरी जमानीमा हिरासत मुक्त गरिएको हो । यसअघि यही घटनामा पक्राउ परेका आठ जनालाई हाजिरी जमानीमा छाडिएको थियो ।
योसँगै हाजिरी जमानीमा हिरासत मुक्त हुनेको संख्या २१ पुगेको छ । उनीहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गरिए पनि अनुसन्धान भने अघि बढ्ने बताइएको छ ।
,
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend