जन आकाश
काठमाडौँ। युनिटी भ्वाइसका सम्पादक रामचन्द्र खड्कालाई काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रम बीच बिशेष नागरिक क्रिसयन सम्मान गरिएको छ।
व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै नागरिक क्रियसनले खड्कालाई सम्मान गरेको हो। विगत लामो समय देखी खड्का पत्रकारितामा पेसामा सक्रिय छन् ।
उनीसँगै विभिन्न क्षेत्रमार्फत् समाजमा सकारात्मक परिवर्तनका लागि क्रियाशील समाजसेवी, व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका माध्यमबाट समाज परिवर्तनमा विशेष योगदान पुर्याइरहेका व्यक्तिहरूलाई सम्मान गरेको सस्थाका अध्यक्ष यमबहादुर जिसीले जनाएको छ ।
राजधानीको रास्ट्रिय नाचघर जमलमा बुधबार भएको को उक्त कार्यक्रमको प्रमुख अतिथि माननीय रक्षामन्त्री मानवीर राई र अध्यक्ष यमबहादुर जिसीले संयुक्त रुपमा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्रि राइले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आबद्धताबाट मुक्त हुनुपर्नेमा जोड दिएका थिए ।
उनले जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भावनाबाट माथि उठ्न सके मात्रै जनताको पीडालाई सही ढङ्गबाट उजागर गर्नसकिने प्रस्ट परे। पूर्व राजा ज्ञानेन्द्र प्रति सकेतगर्दै उनले अब कुनै पनि हालतमा राजतन्त स्वीकार गर्ननसकिने बताए।
कार्यक्रम संचालन महासचिब बिष्णु गिरीले गरेका थिए भने कार्यक्रमको संयोजक नागरिक क्रियसनका उपाध्यक्ष कविन्द्र त्रिपाठीले गरेका थिए । सम्मान र क्यालनडर बिमोचन पश्चात बद्री पराजुलीको संगतिक साझ कार्यक्रम सुरु भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend