logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

अस्पतालका विरामीहरुलाई फलफूल वितरण


  • जन आकाश
  • आइतबार, बैशाख १४ २०८२

काठमाडौ । नेपाल इटा उद्योग महासंघ स्थापनाको १९ औ वार्षिकोत्सवको अवसरमा भक्तपुर इटा उद्योग व्यवसायी संघले शुक्रबार जिल्लाका चार वटा अस्पतालहरु तथा एउटा आदर निकेट (बृद्धाश्रम) का बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको छ ।



जिल्लास्थित भक्तपुर अस्पताल, सूर्यविनायक अस्पताल, चागुनारायण अस्पताल र ख्वप अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल तथा हर्लिक्स वितरण गरेको हो ।

साथै भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहस्थित भक्तपुर आदर निकेतनका गरी करिव एक सय ७५ जना जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको आयोजक संघका अध्यक्ष नातिभाइ ह्योम्वाले बताए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend