logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

धरानबाट चोरिएको बस पाटपुर्जाविहीन अवस्थामा विराटनगरमा फेला


  • जन आकाश
  • मंगलबार, बैशाख १६ २०८२

विराटनगर । सुनसरीको धरानबाट चोरी भएको एउटा बस विराटनगरमा भेटिएको छ । विराटनगर ल्याएर पाटपुर्जा निकालेर बेच्न ठिक पारेको अवस्थामा प्रहरीले उक्त बस फेला पारेको हो ।



धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट प्रदेश १-०२-००१ ख ९७४९ नम्बरको बस हराएको थियो । मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२ मा अवस्थित मंगलबारेमा बस भेटिएको हो ।

शुक्रबार राति धरानबाट बस हराएको प्रहरीले जनाएको छ । बसका पाटपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहको कवाडी गोदाममा फेला परेको छ ।

सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ । धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको प्रहरीले जनाएको छ ।

बस कसले चोरेर विराटनगर ल्याएको थियो भन्ने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बेबारिसे अवस्थामा बस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।‌

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend