logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

सत्ता गठबन्धनको बैठक जारी


  • जन आकाश
  • बुधबार, बैशाख १७ २०८२

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो ।



सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम वैशाख  १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्दै छन् ।

सत्ता गठबन्धनको बैठकमा शिक्षक र चिकित्सकहरुको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend