logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए प्रधानमन्त्रीसमक्ष शपथ


  • जन आकाश
  • आइतबार, बैशाख २१ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन्।



प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए।

प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

गर्बुजा म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। उनी कांग्रेस म्याग्दीका सभापतिसमेत हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend