logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी


  • जन आकाश
  • बुधबार, बैशाख ३१ २०८२

काठमाडौं ।  पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन् आयामहरूलाई समेटेर कला प्रबन्धक (आर्ट क्युरेटर)  बुनु ढुङ्गानाले तयार गर्नु भएको ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली)  मल्टिमिडिया प्रदर्शनी काठमाडौँमा हुँदैछ। यो प्रदर्शनी काठमाडौँ बबरमहलमा रहेको नेपाल कला परिषद्‌ (आर्ट काउन्सिल) मा १६ मे २०२५ ९२०८२ जेठ २० सम्म आयोजना हुनेछ।



यो प्रदर्शनी, ब्रिटिस काउन्सिलको सहयोगमा लक्स (LUX) तथा आर्ट साउथ एसिया प्रोजेक्टले आर्ट एक्सचेन्जस् मुभिङ इमेज साउथ एसिया कार्यक्रम अन्तरगत आयोजना गरेका हुन्।

नेपालका कलाकार तथा कला व्यवसायीहरूका लागि अवसर सिर्जना गर्ने र बेलायतको कला क्षेत्रमा उनीहरूको सम्बन्ध स्थापित गराउने प्रतिबद्धतासँगै ब्रिटिस काउन्सिलले बुनु ढुङ्गानालाई ‘आर्ट एक्सचेन्जस् मुभिङ इमेज साउथ एसिया’ कार्यक्रममा सहभागी हुन सहयोग गरेको थियो।

यो कार्यक्रम अन्तरगत भर्खर काम सुरु गरेकादेखि व्यवसायमा स्थापित हुने क्रममा रहेका भिजुअल आर्ट क्युरेटरहरूलाई सिद्धहस्त व्यवसायीहरूबाट मार्ग निर्देश (मेन्टरशिप), व्यावसायिक विकास, र सञ्जालको विकास (नेटवर्किङ) को अवसर प्रदान गरिएको थियो।

बुनु ढुङ्गाना २०२४ नोभेम्बरमा बेलायतमा गएर दक्षिण एसियाली अन्य क्युरेटरहरूसँग अनुसन्धान र नेटवर्किङ कार्यक्रममा सहभागी हुनुभएको थियो। बुनुले बेलायत तथा नेपाली कलाकारहरूको चलायमान कलाकृतिहरू (मुभिङ इमेज) लाई समेट्ने प्रदर्शनी आयोजना गर्न सहयोग प्राप्त गर्नु भएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend