logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

निजामती विधेयकबारे छलफल जारी


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २ २०८२

काठमाडौं । निजामती सेवा विधेयकबारे संसदीय समितिमा छलफल जारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यो विधेयक आजै पास गर्ने तयारी गरेको छ ।



कर्मचारीले पाउने अवकाश उमेर कसरी लागू गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । अवकाश उमेर ६० वर्ष बनाउनेमा सहमति छ । तर, एकै पटक ६० वर्ष लागू वा नगर्ने भन्नेमा छलफल चलिरहेको छ ।

अवकाश पाएका कर्मचारीले अर्को नियुक्तिका लागि निश्चित समय (कुलिङ पिरियड) पर्खनुपर्ने विषय पनि राखिँदैछ । तर, कति साय कुलिङ पिरियड राख्ने भन्नेमा पनि मत मिलेको छ ।

यो विषयमा पनि छलफल जारी छ । छलफल सकाएर आजै विधेयक पारित गर्ने गरी बैठक राखिएको समिति सचिवालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend