जन आकाश
काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन्।
शनिबार राष्ट्रिय युवा संघ केन्द्रीय शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा नेपालभरिका टेलरिङ क्षेत्रको प्रतिनिधित्व गर्दै कार्की सम्मानित भएका हुन्।
राज कार्कीले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडि बढाइरहेका छन्। उनी आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको बागबजारस्थित “सुटमाला” विगत ७ वर्षदेखि सञ्चालन गर्दै आएका छन्।
स्वदेशमै लगानी सुनिश्चित गरी उद्यमशीलताको प्रवर्द्धन गर्ने तथा मुलुकमा रोजगारी सिर्जना मार्फत स्वाधीन, आत्मनिर्भर, उन्नतशील, समुन्नत र समृद्ध अर्थतन्त्र निर्माणका लागि पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको हो।
स्वदेशमा लगानी, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा पुर्याइएको अतुलनीय योगदानको कदरस्वरूप उक्त कार्यक्रममा कार्कीसहित अन्य दश विभिन्न क्षेत्रका व्यवसायीहरू सम्मानित भएका थिए।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागका प्रमुख कुबेर अधिकारीले स्वदेशमै रहेर लगानी तथा उद्यमशीलतामा सक्रिय युवाहरूलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित उद्यमीहरूलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए।
‘मिहिनेत र लगनशीलताले मानिसलाई सफलता दिन्छ,’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘काम र अनुभवले मानिसलाई नेतृत्वमा पुर्याउँछ।’

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend