logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना


  • जन आकाश
  • बिहिबार, जेष्ठ ८ २०८२

काठमाडौं । शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना भएको छ ।



काठमाडौंतर्फ जाँदै गरेको प्र–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले  बताएको छ । सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए ।

शव बोकेको उक्त एम्बुलेन्समा चार जना सवार रहेकोमा तीन जना घाइते भएको भट्टले बताए । घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापकै २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई छन् ।

उनीहरूलाई उद्धार गरी प्र–३–०१–०२३ च नम्बरको एम्बुलेन्समा उपचारका लागि धुलिखेल पठाइएको  छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend