जन आकाश
बिनोद नेपाली ।
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा जातीय अपमान हुने शब्द प्रयोग गर्दै स्टाटस लेखेको अभियोगमा मुद्दा दायर भई फरार रहेका एक पत्रकार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दैलेख जिल्ला आठबीस नगरपालिका–६ स्थायी घर भई हाल सुर्खेतको भेरीनगरपालिका–७ मा बसोबास गर्दै आएका ३९ वर्षीय शेरबहादुर थापा रहेका छन्। उनले फेसबुकमा लेखिएको स्टाटसमार्फत जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।
थापालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा भेरीनगरपालिका–१० स्थित क्षेत्रबाट आइतबार बिहान १०:१५ बजे पक्राउ गरेको हो।
उनी पहिलो पे्रस डटकम अनलाइन समाचार पोर्टलका सञ्चालक समेत हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend