logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

मानव तस्करलाई कारबाही गर भन्दै : संसदमा लाग्यो नारा ?


  • जन आकाश
  • मंगलबार, जेष्ठ १३ २०८२

काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले सुन तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् ।



मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी गरेका हुन् ।

यसअघि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका थिए । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्न दिए ।

पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सह-सचिव)  तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे ।

पुनको भनाइ सकिएपछि पनि विपक्षी सांसदहरू उठेपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न समय दिए । उनले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्न माग गर्दै उच्च स्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए ।

तर, त्यसपछि पनि सभामुखले कांग्रेस सांसद घिमिरेलाई बोल्न समय दिएसँगै विपक्षीले नाराबाजी सुरु गरेका थिए । लगत्तै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend