logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा


  • जन आकाश
  • मंगलबार, जेष्ठ १३ २०८२

काठमाडौं । विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ।



यो नयाँ इन-एप टुल प्रयोगकर्ताहरूलाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो। साथै, टिकटकले ४२.३ मिलियनको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ समेत घोषणा गरेको छ, जसले विश्वभरका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्‍याउनेछ।

विद्यालय जीवनमा रहेका किशोरकिशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवापुस्तासम्मका सबै प्रयोगकर्ताले यो नयाँ टुल प्रयोग गरेर सजिलो रूपमा मेडिटेसन गर्न सक्नेछन्।

टिकटकको यो पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्वपूर्ण पाटो हो। ‘मेडिटेशन’ सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।

मीठो निद्रा र मानसिक स्वास्थ्यमा योगदान टिकटकले पहिलेबाट सञ्चालनमा रहेको Sleep Hours  फिचरलाई विस्तार गर्दै अब त्यसमा ‘मेडिटेसन’ सुविधा पनि समावेश गरिएको छ। यस सुविधामार्फत प्रयोगकर्ताहरूलाई राति सुत्नुअघि शान्त र सन्तुलित महसुस गराउने उद्देश्यले गाइडेड मेडिटेसन उपलब्ध गराइएको छ।

अनुसन्धानहरूले मेडिटेसनले निद्राको गुणस्तर सुधार गर्ने देखाएका छन्। त्यसैले अब यो सुविधा सबै उमेरका प्रयोगकर्तालाई उपलब्ध गराइएको छ। १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ।

राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन।

हालसालै गरिएको आन्तरिक परीक्षण अनुसार ९८५ किशोरकिशोरीले यो मेडिटेसन फिचर राख्न रोजेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend