logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

भृकुटीमण्डप क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता


  • जन आकाश
  • बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । नेकपा (एमाले) को कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहीबार बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।



उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन्। सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।

भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ। प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend