logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

टुँडिखेलमा गणतन्त्र दिवस मनाइँदै


  • जन आकाश
  • बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । आज १५ जेठ अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । नेपालमा मात्रै होइन, विदेशमा रहेका नेपालीले पनि विविध कार्यक्रम आयोजना गरी आज गणतन्त्र दिवस मनाइरहेका छन् ।



काठमाडौंको टुँडिखेलमा विशेष समारोहबीच सरकारले आज गणतन्त्र दिवस मनाइरहेको छ । सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टिका साथै सुरक्षाकर्मीको कवाज प्रदर्शनका साथ यो दिवस मनाइँदै छ ।

हरेक वर्ष झैं यो वर्ष पनि शान्तिको प्रतीक परेवा उडाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत संवैधानिक निकायका पदाधिकारी उपस्थिति छन् ।


नेपालमा १५ जेठ २०६५ सालमा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

त्यही दिनको सम्झनामा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend