जन आकाश
काठमाडौं । कलाको दुनियाँमा छुट्टै पहिचान बनाउँदै आएका राम मण्डल र लक्ष्मण मण्डल दाजुभाइले फेरि एकपटक आफ्नो अद्वितीय प्रतिभा देखाएका छन्। उनीहरूले चर्चित हार्मोनियम ट्युनर बिमल साहको जस्ताको तस्तै चित्र कोरेर प्रशंसा बटुलिरहेका छन्।
धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–१, सिनुरजोडा निवासी यी दाजुभाइको आफ्नै कला संस्था ‘राम लक्ष्मण आर्ट’ रहेको छ। कलामा गहिरो रुचि राख्ने उनीहरू हाल (ब्याचलर) स्तरमा अध्ययनरत छन् र कला, साहित्य तथा संगीतमा सक्रिय छन्।
बिमल साहको अनुहारलाई अत्यन्तै सजीव ढंगले चित्रमा उतार्न सफल भएका उनीहरू सामाजिक सञ्जालमा पनि भाइरल भइरहेका छन्। यथार्थपरक चित्रकला मा विशेष दख्खल राख्ने यी कलाकारहरूले यसअघि पनि विभिन्न व्यक्तित्वहरूको चित्र कोरेर चर्चा कमाइसकेका छन्।
कलाको माध्यमबाट समाजलाई सन्देश दिन सकिन्छ भन्ने विश्वास राख्ने राम–लक्ष्मण दाजुभाइको यो नयाँ सिर्जना स्थानीय कला प्रेमीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend