logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

सकियो दुर्गा प्रसाईंसहित ३९ जनाको बयान


  • जन आकाश
  • बुधबार, जेष्ठ २१ २०८२

काठमाडौं ।काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका घटनामा संलग्न रहेको आरोपमा मुद्दा लागेका संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमाण्डरु दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकिएको छ।



नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका जनकमाण्डरुप्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।

उक्त घटनाको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा चलिरहेको छ। ५० जनाविरूद्ध दायर भएको मुद्दामा ३९ जना मात्रै उपस्थित छन्।

मंगलबार उनीहरूको बयान सकिएको हो। बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरू हुनेछ। ५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। तीमध्ये प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा दायर भएको हो।

आपराधिक उपद्रव कसुरमा ११ जनाविरूद्ध अर्को मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा सबै जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको थियो। यही घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्षसमेत रहेका समितिका सदस्य सचिव रवीन्द्र मिश्र र राप्रपा महामन्त्री धवल शम्शेर राणा हाजिरी जमानीमा छुटेका थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend