जन आकाश
मोहन कार्की ।
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका सवै वडामा यहि मितिः २०८२ जेठ २७ गते नगरपालिकाले भव्य रुपमा बालमैत्री वडा घोषणा सम्पन्न गरेको छ । उक्त नगरपालिकाककी महिला बालबालिका शाखा हेरिरहेकी सरिता बुढाथोकीका अनुसार “रामेछाप नगरपालिकाले बालमैत्री नगरको घोषणको लागि वडाहरुले ५१ वटा सुचक, ५ वटा चरण, २८ वटा तहगत खुड्किला पार गरी उत्साहका साथ वडा घोषणा भएको छ । सरकारले स्थानीय तहहरुलाई दिगो विकासको लागि अनिवार्य सामाजिक क्षेत्रमा गर्नुपर्ने कामहरु मध्य त्यसैमा जोडिएको बालबालिका सम्बन्धि विषय महत्वपूर्ण थियो । शुरु शरुमा स्थानीय जनप्रतिनिधिहरुलाई बालबालिका, जेष्ठ नागरिक, अपाङग लगायतका क्षेत्रमा बजेट छुट्याउनुपर्छ भन्दा जनप्रतिनिधिहरुले अनुत्पादक भनेर समेत असहयोग गरेका थिए । तर पछि देशको कानूनी प्रक्रिया दिगो विकासको आधार लगायतका विषयहरु छलफलमा राखेर बुझाएपछि उहाहरु कन्भिस हुनुभयो । त्यसपछि निरन्तर रुपमा सवैको सहयोगमा धेरै मेहनतका बाबजुद वडा घोषण गर्न सफल भएका छौ । छिट्टै पालिका घोषणा हुन लागेको छ । सवै वडामा बालबालिका देखि स्थानीय नागरिकहरुको उल्लेखिय उपस्थितिमा वडाहरु घोषणा भएकाछन् । आजको दिन हाम्रो लागि निक्कै अविस्मरणीय बनेको छ ।” भन्दै खुशीको मुद्रामा प्रतिक्रिया दिएकी थिइन ।

रामेछाप नपाका वडाहरुमा जिल्लाका महत्वपूर्ण व्याक्तिहरुको उपस्थिति
रामेछाप नगरपालिकाले रामेछाप जिल्लाकै पहिलो पालिकाको रुपमा बालमैत्री वडा घोषणा कार्यक्रममा जिल्लाका निवर्तमान जलस्रोत तथा सिचाई राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ, प्रदेशसभा संसद तारानारायण श्रेष्ठ, जिल्ला समन्वय प्रमुख चिना खड्का कार्की, प्रमुख थिल्ला अधिकारी श्यामकृषण थापा, जिल्ला समन्वय उपप्रमुख प्रेम बहादुर थापा, रामेछाप नगरपालिका मेयर लवश्री न्यौपाने, जिल्ला शिक्षा इकाईका प्रमुख नेत्र प्रसाद गजुरेल, निवर्तमान उपमेयर सिर्जना खड्का लगायतका प्रतिनिधिहरु वडा वाडेर प्रमुख अतिथि, विशिष्ट अतिथिको रुपमा गएका थिए ।
७ नम्बर वडामा प्रमुख अतिथिको रुपमा रामेछाप जिल्लाका प्रतिनिधिसभा सदस्य निवर्तमान जलस्रोत तथा सिंचाई राज्यमन्त्री कान्छाराम तामाङ पुगेका थिए । भने बिशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय चिना कार्की रहेकी थिइन ।
७ न. वडा बालमैत्री घोषणा कार्यक्रमका प्रमुख अतिथि निवर्तमान राज्यमन्त्री तामाङले रामेछाप जिल्लामा दिगो विकासको बालमैत्री स्थानीय साशन अनिवार्य छ । त्यो काम रामेछाप जिल्लाकै पहिलो रामेछाप नगरपालिकाले सवै वडामा बालमैत्री वडा घोषणा गर्न सफल भएकोमा हार्दिका धन्यवाद ब्याक्त गर्दैै बधाई तथा शुभकामना दिए ।

फोटोको स्रोत: रासि कार्की
त्यसैगरी विशिष्ट अतिथिको रुपमा आएकी जिल्ला समन्वय प्रमुख चिना खड्काले “जिल्ला समन्वयले बालमैत्री घोषणाको लागि सुचकहरुको पुरा गर्न मेरै नेतृत्वमा रामेछाप नगरपालिकाको ९ वटै वडामा अनुगमन गरी आज रामेछापको महत्वपुर्ण वडा सुकाजोरमा बालमैत्री वडा घोषणा कार्यक्रममा उपस्थिति हुन पाउदै अत्यन्तै खुशी लागेको” बताएकी थिइन ।
वाडनं.१ को बालमैत्री वडा घोणण कार्यक्रममा निवर्तमान उपमेयर सृजन खड्का प्रमुख अतिथिको रुपमा पुगेकी थिइन भने उनले आफ्नो कार्यकालमा बालबालिकाको क्षेत्रमा काम शुरु गरेको र आज बालमैत्री वडा घोषणा गर्न १ नम्बर वडामा आउदा पाउदा खुशी लागेको बताएकी थिइन ।
वाडन २ को बालमैत्री वडा घोणण कार्यक्रमा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय उपप्रमुख प्रेम बहादुर थापा पुगेका थिए ।
वाडन ३ को बालमैत्री वडा घोणण कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद सापकोटा पुगेका थिए ।
वाडन ४ को बालमैत्री वडा घोणण कार्यक्रममा रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने प्रमुख अतिथिको रुपमा पुुगेका थिए ।
वाडन ५ को बालमैत्री वडा घोणण कार्यक्रममा जिल्ला समन्वयका हरिकृष्ण फुयाल पुगेका थिए ।
वाडन ६को बालमैत्री वडा घोणण कार्यक्रममा जिल्ला प्रमुख अधिकारी श्यामकृष्ण थापा (सिडियो) प्रमुख अतिथिको रुममा पुगेका थिए ।
वाडन ८ को बालमैत्री वडा घोणण कार्यक्रममा शिक्षा समन्वय इकाई प्रमुख नेत्र प्र गजुरेल प्रमुख अतिथिको रुपमा पुगेका थिए ।
वाडन ९ को बालमैत्री वडा घोणण कार्यक्रममा प्रदेशसभा संसद तारानारायण श्रेष्ठ प्रमुख अतिथिको रुपमा पुगेका थिए ।

रामेछाप नगरपालिका बालमैत्री वडा घोषणा गर्न २२ गते कार्यपालिका वैठकले पास गरेको थियो ।
कार्यक्रममा नगरपालिकाका सवै मावि,आधारभुत विद्यालयका प्र.अ.लगायत सवै, सामाजिक सघ/ सस्थाका पदाधिकारीहरु सवै, विद्यार्थीहरु सवै, स्थानीयका नागरिकहरुको उत्साहजनक सहभागीतामा भव्य कार्यक्रम गरी एतिहासिक रामेछाप नगरपालिकास्तरीयका वडाहरुमा बालमैत्री वडा घोषणा भएको हो।

फोटोको स्रोत रिता घिमिरेको fb wal वाट
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend