logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै


  • जन आकाश
  • आइतबार, असार १ २०८२

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्ने भएको छ ।



बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरूप र तयारीबारे पार्टीको कार्य योजना, भूमिका र धारणा बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको आवश्यकता र औचित्य तथा राप्रपा नेपालको भूमिकाको बारेमा धारणा राख्ने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend