logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक


  • जन आकाश
  • बुधबार, असार ४ २०८२

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पार्टी नेता ढुण्डीराज शास्त्री (पौडेल)को निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । केन्द्रीय कमिटीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।



सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरूले शास्त्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शास्त्रीको ९० वर्षको उमेरमा यही असार २ गते काठमाडौँको केएमसी अस्पतालमा निधन भएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend