जन आकाश
काठमाडौं । नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला नेतृ यशोदा सुबेदी , सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी (बिबेक) ,सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष,ठुलोबाबु श्रेष्ठ, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका ईन्चार्ज मेहेन्द्र घोरासैनी, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र) सिन्धुपाल्चोककी महिला नेतृहरु अम्बिका नेपाल,जानुका पराजुली ,सुमित्रा बस्नेत, मिथिला सिग्देल,लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले गणतन्त्रले दिएको अधिकार प्रयोग गर्दै महिला शसक्तिकरणको अभियानमा लाग्न बलियो संगठन निर्माण पहिलो आधार भएको बताउनु भएको थियो । कार्यक्रम सन्चालन अधिवक्ता एवं महिला नेतृ सुष्मा गिरीले गर्नु भएको थियो सम्मेलन बाट रिना घिमिरेको अध्यक्षतामा ३३ सदस्सीय जिल्ला समिति सर्वसहमत निर्वाचित भएको छ ।
जसमा :
अध्यक्ष— रिना घिमिरे
उपाध्यक्ष— सरस्वती घोरासैनि
उपाध्यक्ष — आशा तमाङ
उपाध्यक्ष— राधिका खतिवडा
उपाध्यक्ष — लक्ष्मी पुरी
उपाध्यक्ष— सुन्तली थापा
उपाध्यक्ष — गिता तामाङ
सचिब — सुष्मा गिरी
सहसचिब — कमला तामाङ
सह-सचिब — अप्सरा न्यौपाने
कोषाध्यक्ष — सुमित्रा कार्की
सदस्यहरु
दुर्गा न्यौपाने,रश्मि नेपाल, सरला थापा,आशा सापकोटा,रुपा थापा,उर्मिला रायमाझी ,गिता चालिसे, इन्द्रमाया सुनुवार, कुमारी बराइली,देवकी भट्टराई ,शर्मिला दुलाल, गिता श्रेष्ठ,कविता वाइबा,रामप्यारी दनुवार,तारा घतानी,प्रीयान्का गहतराज,सीता तामाङ,सीता भण्डारी,रेस्मा सुनुवार,राममाइ तामाङ,लक्ष्मि तामाङ,लक्ष्मि थामी रहेका छन् ।
निर्वाचित कार्यसमितिलाई माओवादीका बिभिन्न तहका नेताहरुले बधाई तथा शुभकामना समेत दिनु भएको छ ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend