जन आकाश
काठमाडौं । नेपाली सेनाले बाजुरामा रहेको बडीमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ। गत चैत २८ गतेदेखि सुरू भएको मन्दिरको पुनर्निर्माण असार २३ गते सम्पन्न भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उक्त मन्दिर समुद्री सतहबाट करिब ४ हजार २२० मिटर उचाइमा छ। पुनर्निर्माण भइरहँदा पनि भक्तजनहरूका लागि मन्दिर खुला गरिएको थियो। पुरातत्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग र त्रिवेशी नगरपालिकाको समन्वयमा परम्परागत रूपमा मन्दिरको पुनर्निर्माण गरिएको थियो।
मन्दिर निर्माणका लागि भक्तपुर तथा ललितपुरका कालिगडहरू समेत लगिएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend