जन आकाश
काठमाडौं । मकवानपुर जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १ स्थित झम्केश्वरी मा.विका शिक्षक तथा यस बैंकको पालुङ शाखामा कर्मचारी तलब खाताका ग्राहक समेत रहनु भएको रघुनन्दन यादवकोे मिति २०८२/०२/१२ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ३ मा सडक दुर्घटनामा परी देहावसान भएको हुँदा निजको परिवारलाई नेपाल बैंक लि. द्वारा दुर्घटना बीमा दावी रकम वापत रु. पाँच लाख भुक्तानी गरेको छ ।
बैंककोे कर्मचारी तलब खाता अन्तर्गतको विशेषता बमोजिम खाता खोलेको एक वर्ष भित्र ग्राहकको मृत्यु भएमा रु. ५ लाख सम्मको दुर्घटना बीमा पाउनसक्ने व्यवस्था अनुसारको माग दाबीको अविलम्ब भुक्तानी गरिएको छ ।
बैंकले मिति २०८२/०३/२२ गते एक कार्यक्रम आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले मृतक रघुनन्दन यादव प्रति श्रद्धाञ्ली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बीमा दावी रकमको चेक स्व. यादवकी श्रीमती अमिरा कुमारी यादवलाई हस्तान्तरण गर्नुभएको छ ।
सो समारोहमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंक लि. ले आफ्ना ग्राहकहरुका वित्तीय सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै आइरहेको र आगामी दिनहरुमा पनि उत्कृष्ट ग्राहक सेवा र सुरक्षालाई उच्च प्राथमिकता प्रदान गर्दै जाने बताउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend