logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु


  • जन आकाश
  • बुधबार, असार ३२ २०८२

जनकपुरधाम । सर्लाहीमा सडक बनाउनका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।



सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा घरबाट अन्दाजी पाँच सय मिटर दक्षिणपूर्व खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेका थिए ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend