logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दुल्लु नगरपालिका र सोसेक नेपालको सहकार्यमा १३८ जना जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण


  • जन आकाश
  • मंगलबार, साउन ६ २०८२

काठमाडौं । दुल्लू नगरपालिका र सोसेक नेपालको संयुक्त सहकार्यमा सञ्चालित वालिका सशक्तिकरण कार्यक्रम, हातेमालो परियोजना, तथा स्कुल एट होम कार्यक्रममार्फत दुल्लू नगरपालिकाभित्रका विभिन्न वडामा रहेका १३८ जना जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।



बालबालिकाको शैक्षिक पहुँच सुनिश्चित गर्दै उनीहरूलाई आत्मविश्वासी र सक्षम बनाउने उद्देश्यका साथ २०८२ साल साउन १ गते मा सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा सहभागी प्रत्येक बालबालिकालाई एक थान झोला, दुई थान सर्ट, एक थान पाइन्ट, एक दर्जन कापी र एक दर्जन कलम वितरण गरिएको दुुल्लुु
नगरपालिकाका नगरप्रमुुख भरत प्रसाद रिजालले जानकारी दिनुुभयो ।

कार्यक्रममा दुल्लू नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालको विशेष उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो। उनले बालबालिकाको शिक्षामा आएको पहुँच वृद्धि सकारात्मक संकेत भएको भन्दै यस्ता कार्यक्रमले सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

केही तस्वीरहरु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend