logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

भारतबाट हराएका नेपाली दिदीबहिनी भक्तपुरमा मृत फेला


  • जन आकाश
  • बिहिबार, साउन ८ २०८२

काठमाडौं । भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट हराएको खुलेको छ । करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएका दुईजना नेपाली दिदीबहिनी शंकास्पद अवस्थामा भक्तपुरमा मृत भेटिएका हुन् ।



मध्यपुर ठिमी नगरपालिका ८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोरी दिदीबहिनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए ।

बिहीबार बिहान ६ः४५ बजेतिर प्रजापतिको इँटा र फलामले बनेको दुईतले घरको भुइँतलामा दिदीबहिनी मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका ८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १३ वर्षीया सिर्जना कँडेल छन् ।

आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो । फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।

प्रहरीले उनीहरूको शव उठाएको छैन । आफन्तले मृतकका बाबुआमा आएपछि मात्रै शव उठाउनु भनेपछि घटनास्थल सुरक्षित गरेर राखिएको प्रवक्ता नेउपानेले बताए ।

भारतमा रहेका उनका बाबुआमा आजै दिल्लीबाट विमानमार्फत काठमाडौं आउने तयारीमा रहेको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend