जन आकाश
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको बताएका छन् । भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको उनको भनाइ छ ।
बिहीबार काठमाडौँमा राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधा दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताए । आम नागरिकमा ठुलो निराशा पैदा हुँदै गएको बताएका छन् ।
उनले त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको पनि बताए । उनले अब सजिलै जनतालाई सन्तुष्ट गर्ने स्थिति नरहेको चर्चा गर्दै संविधानको समीक्षा गरेर संशोधनतर्फ अघि बढ्नुपर्ने बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend