logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

गोकुलगंगा–१ मा सामाजिक सुरक्षा भत्ता नविकरण अनिवार्य


  • जन आकाश
  • सोमबार, साउन १२ २०८२

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं.१ चुचुरेबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीहरुलाई भत्ता नविकरणका लागि अनिवार्य रूपमा बायोमेट्रिक (Fingerprint Scanner) Biometric Verification) प्रमाणीकरण मार्फत उपस्थित हुन वडा कार्यालयले अनुरोध गरेको छ।



सामाजिक सुरक्षा नियमावली २०७६ को नियम (९) र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२ अनुसार आर्थिक वर्ष २०८२र८३ को लागि लाभग्राहीले स्वयम् उपस्थित भई भत्ता नविकरण गर्नु पर्ने प्रावधानअनुसार यो प्रक्रिया थालिएको हो।

वडा कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गरिरहेका लाभग्राहीहरुलाई लक्षित गरी तोकिएको मिति र स्थानमा सेवा प्रवाह गर्ने जनाएको छ। यसका लागि लाभग्राही स्वयम् उपस्थित भई नविकरण गर्नु पर्नेछ।

त्यस्तै, वडाभित्रै रहेका अशक्त, अपाङ्गता भएका, गम्भीर विरामी तथा हिँडडुल गर्न नसक्ने लाभग्राहीका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिने पनि वडा कार्यालयले जनाएको छ।

तोकिएको म्यादभित्र नविकरण नगरेमा लाभग्राहीको नाम प्रणालीबाट स्वतः हटाइनेछ। यस्तो अवस्थामा लाभग्राहीले सामाजिक सुरक्षा ऐन २०७५ को दफा १२ बमोजिम नयाँ लाभग्राही सरह पुनः आवेदन दिनुपर्नेछ।

वडा कार्यालयले सम्पूर्ण लाभग्राहीहरुलाई तोकिएको म्यादभित्र सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आग्रह गरेको छ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend