जन आकाश
काठमाडौं । मलेसियाबाट फर्किएका सुरेन्द्रबहादुर शाहीको रहस्यमय हत्या भएको छ।
चामुण्डा बिन्द्रासैनी–६ लैनचौर निवासी २८ वर्षीय शाहीको शव दुल्लू नगरपालिका–११ स्थित छामघाट खोलाको किनारमा फेला परेको हो।
प्रहरीका अनुसार उनको घाँटी थिचिएको र टाउको धारिलो हतियारले प्रहार गरिएको अवस्थामा शव भेटिएको हो।
सुरेन्द्र मलेसिया पुगेको ३३ महिनापछि असार ३२ गते नेपाल फर्किएका थिए। उनले सुर्खेतमा १० दिन बिताएर साउन १० गते मूलघर फर्कने क्रममा बाटोमै हत्या भएको हो।
श्रीमतीले अर्कैसँग विवाह गरेपछि सुरेन्द्रले अर्की महिलासँग विवाह गर्ने सहमति गरेका थिए। ती महिलालाई सुरेन्द्रले मलेसियाबाट करिब चार लाख रुपैयाँ पठाएका थिए।
तर, ती महिलाले आफू अविवाहित भएको बताएकी भए पनि पछि विवाहिता र छोरासहितको परिवार रहेको खुलाएकी थिइन्।
त्यही महिलासँगको विवादपछि हत्या भएको परिवारको आशंका छ।
प्रहरीले ती महिलालाई अनुसन्धानका लागि सोधपुछ सुरु गरिएको दैलेख जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend