logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

काठमाडौं महानगरभित्र सार्वजनिक स्थलहरूमा धूम्रपान गरेमा प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।


  • जन आकाश
  • बुधबार, साउन १४ २०८२

काठमाडौं  । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर धूम्रपानविरुद्ध जनचेतना अभियान चलाइरहेको छ । हालै मात्रै काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने नियम लागु गरेको थियो ।



यस अन्तर्गत विभिन्न सार्वजनिक स्थानहरूमा नगर प्रहरी ब्यानर बोकेर सार्वजनिक स्थानमा धूम्रपान नगर्न चेतना फैलाइरहेका छन् । दैनिक रूपमा बिहान ९ बजेदेखि दुई घण्टाका लागि नगर प्रहरीहरू सार्वजनिक स्थानमा प्ले कार्ड बोकेर उभिने छन् ।

सार्वजनिक स्थानमा धूम्रपान गरेमा जरिवाना तिराउने नियम हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै गरिएको हो ।

महानगरभित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको छ नगरसभाबाट पास गरेको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ । निजी सम्पत्ति बाहेकका अन्य स्थलहरू धूम्रपान निषेध गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend