जन आकाश
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
त्यसक्रममा उनले तराई मधेसमा यस वर्ष सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको भन्दै सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको जानकारी गराए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend