जन आकाश
काठमाडौं । स्कुल भ्यान दुर्घटना हुँदा बालबालिकासहित २१ जना घाइते भएका छन्।
मेचीनगर नगरपालिका ९ खुट्टिडाँगीस्थित सडकखण्डमा पारिजात पब्लिक स्कुलको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शुक्रबार बिहान १० बजेतिर मे १ ज ३१०७ नम्बरको भ्यान आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका बालबालिकाहरू मात्रै १९ जना छन्। एक जना चालक र एक जना शिक्षक छन्।
घाइतेहरूको बिर्तामोडस्थित बिएन्डसी र आम्दा अस्पताल धुलाबारीमा उपचार भइरहेको छ।
चालक ४५ वर्षीय गणेश श्रेष्ठको टाउकोमा चोट लागेको छ।
६ वर्षीया र चार वर्षीया दुई जना बालिकाको टाउकोमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम छ।
अन्य सबै बालबालिकाहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। शिक्षिका प्रिती सिवाको पनि टाउकोमा सामान्य चोट लागेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend