logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सवारी ऐन संशोधन लाइसेन्स अवधि ५ बाट १० वर्षमा विस्तार


  • जन आकाश
  • शुक्रबार, साउन १६ २०८२

काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्स को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।



जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।

संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्‍याइएको छ ।

यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने बेहोरा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend