logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

तातोपानी नाका सहज बनाउन नेपाल र चीन बिच बैठक, उद्धारमा सहकार्यको आग्रह


  • जन आकाश
  • आइतबार, साउन १८ २०८२

काठमाडौं । सिन्धुपाल्चोक को भोटेकोसी गाँउपालिका २ तातोपानीबाट चीन जोड्ने तातोपानी नाका सहज बनाउन र अलपत्र नेपालीको उद्धारमा चीनले चासो देखाएको छ ।



सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार शुक्रबार मितेरी पुलपारि झाङ्मु चिनियाँ प्रशासनिक भवनमा सम्पन्न क्रस बोर्डर क्राइमु र सीमा सुरक्षा बैठकमा नाकाबारे महत्त्वपूर्ण छलफल गरिएको हो । बैठकमा चीनका उच्च

अधिकारीले नाकाको आयात निर्यातबीच सीमा सुरक्षाअर्न्तगत अवाञ्छित गतिविधि हुन नदिने, सम्भावित आपराधिक गतिविधि नियन्त्रण, आपसी मितेरी सम्बन्ध, व्यापारिक क्रियाकलापजस्ता विषयमा चासो देखाएका थिए ।

जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन सुरक्षा लगायतका अधिकारीबीच बैठक बसेको थियो ।

छलफलमा नेपाल चीनको जनस्तरमा सम्बन्ध, सीमा सुरक्षा व्यवस्थापन, व्यापार पर्यटनको वृद्धिजस्ता महत्त्वपूर्ण विषयका कुरा उठाइएको छ, प्रमुख जिल्ला अधिकारी थापाले भने ।

नेपाल र चीनको ७० औं ऐतिहासिक मित्रता र सम्बन्धमा आपसी सद्भावसहित छलफल र बैठक गरिएको उनले जानकारी
दिए ।

बैठकमा विपद्को अवस्थामा सूचना र पूर्वसर्तकता, निर्यातलाई विशेष प्राथमिकता र नजिकिँदो चाडपर्वका लागि कन्टेनर बढाउन नेपाल पक्षले आग्रह गरेको थियो ।

कैलाश मानसरोवर जाने बसमा नेपालको साझेदारी, कन्टेनर र भूकम्पअघिझै नेपालबाट निर्यातजस्ता विषय उठाएका थियौं  प्रजिअ थापाले भने ।

चीन पक्षले क्रस बोर्डर क्राइमको मुद्दासहित अन्य पक्षलाई उठाएको छ । नाकालाई अझै व्यवस्थित र सहज बनाउनेबारे छलफल भएको छ ।

नेपालबाट प्रजिअ थापासहित प्रहरी उपरीक्षक रामेश्वर कार्की,सशस्त्र प्रहरीलगायत थिए भने चीनबाट न्यालमका उच्च चिनियाँ अधिकारी र सुरक्षाकर्मी उपस्थित थिए ।

यसअघि रसुवाको बाढीका कारण अलपत्र परेका २०५ जनाको उद्धार गरेको भन्दै नेपाल पक्षका प्रतिनिधिले धन्यवाद दिएका थिए । थप उद्धारका लागि पनि उनीहरुले अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend