जन आकाश
काठमाडौं । राष्ट्रिय युवा परिषद्ले रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले ‘रोजगारी र सीप विकास तालिमका क्षेत्र, माग र आवश्यकता पहिचान’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ।
कार्यक्रम आ.व। २०८२र८३ अन्तर्गत परिषद्को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सिप मेला र सिप विकास तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजना गरिएको हो। कार्यक्रम आइतबार दिउँसो १ बजे युवा तथा खेलकुद मन्त्रालयमा आयोजना हुनेछ।
परिषद्का अनुसार, तालिम कार्यक्रमलाई रोजगारीको क्षेत्र, वास्तविक माग तथा आवश्यकता पहिचान गरी, प्रशिक्षित युवाहरुलाई तत्काल काममा जोड्ने लक्ष्यसहित अघि बढाइएको छ।
कार्यक्रममा विभिन्न मन्त्रालय, सरकारी निकाय, कार्यालय र विभागहरुसँग समन्वय, सहकार्य र साझेदारीका लागि राय, सल्लाह र सुझाव लिने उद्देश्य राखिएको छ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित रहनेछन् । रोजगारी र सीपविकास तालिम
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend